एनपिएल क्रिकेट: कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
काठमाडाैं | मंसिर २८, २०८१
काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए । ३५ बल खेलेका उनले चार चौका र एक छक्काको सहयोगमा ३६ रन जोडेका हुन् ।
त्यसैगरी सन्दिप जोराले २४ रन बनाए भने आशुतोष घिरैया र साद विन जफरले समान १६÷१६ रन बनाए । अर्जुन साउदले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेल १० रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीलाई एक सय २३ रनमा समेट्नेक्रममा कर्णाली याक्सका जिसन मक्सुदले दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे ।
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलकराज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए ।
यसै खेलबाट लुम्बिनी एनपिएलबाट बाहिरिएको छ । जितसँगै कर्णाली याक्सले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

